Breaking News.... EverestOnlineKhabar
May 1, 2026

उत्तर कोरियाली नेता किमसँग दोस्रो भेटवार्ता चाँडै : ट्रम्प

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको दोस्रो भेटवार्ता चाँडै हुने बताएका छन् । दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनसँग न्यूयोर्कमा भएको भेटपछि बोल्दै उनले उत्तर कोरियासँगको सम्बन्धमा धेरै प्रगति भएको बताए । उनले उत्तर कोरियासँगको सम्बन्ध अन्त्यन्त राम्रो भएको र केही हदसम्म असाधारण रहेको उल्लेख गरे ।

यसअघि संयुक्त राष्ट्रसघको मुख्यालय न्यूयोर्कमा बोल्दै उनले किमसँग निकट भविष्यमा हुने अर्को भेटवार्ताको व्यवस्था विदेशमन्त्री माइक पोम्पोओले गर्ने बताएका थिए । तर स्थानको विषय भने निश्चित नभएको ट्रम्पको भनाइ थियो ।

दक्षिण कोरियाली राष्ट्रपति मुन तीन दिने प्योङयाङ भ्रमणपछि ट्रम्पलाई भेट्न अमेरिका पुगेका हुन् । अमेरिका र उत्तर कोरियाको सम्बन्ध सुधारमा उनले महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् ।

किमले कोरियाली प्रायद्विपको छिटो पूर्ण निःशस्त्रीकरण गर्दै मुलुकको आर्थिक विकास चाहेको मुनको भनाइ छ । गत जुनमा ट्रम्प र किमबीच ऐतिहासिक सिंगापुर शिखर सम्मेलनपछि दुई मुलुकको सम्बन्धले नयाँं मोड लिएको छ ।

सम्मेलनमा कोरियाली प्रायःद्विपको पूर्ण निःशस्त्रीकरणका विषयमा महत्वपूर्ण सहमति भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed