Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको खेल तालिका परिवर्तन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग कमिटिले  गरेको निर्णयअनुसार ‘ए’ डिभिजन लिग फुटबलको खेल तालिका केही परिवर्तन भएको हो ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले बंगबन्धु गोल्डकपमा सहभागिता जनाउन लागेकाले खेल तालिका परिवर्तन भएको जानकारी दिए । खेल तालिकाअनुसार असोज १३ गतेदेखि सुरु हुने लिगको पहिलो खेलमा विभागीय क्लब त्रिभुवन आर्मी क्लबले न्यूरोड टिम (एनआरटी) प्रतिस्पर्धा गर्नेछ । त्यसपछि भने बंगबन्धु गोल्डकपको कारण खेल रोकिने भएको हो ।

अक्टोबर १ तारिखदेखि बंगलादेशमा बंगबन्धु गोल्डकप अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदैछ । समूह ‘ए’ मा नेपालसँगै प्यालेस्टाइन र ताजिकिस्तान छन् । समूह ‘बी’ मा आयोजक बंगलादेशसँगै फिलिपिन्स र लाओस छन् ।

बंगबन्धु गोल्डकपको खेल तालिकाअनुसार नेपालले अक्टोबर २ तारिखमा ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समूहको अन्तिम खेलमा नेपालले अक्टोबर ६ तारिखमा प्यालेस्टाइनसँग खेल्नेछ ।

बंगबन्धु गोल्डकपको सेमिफाइनल खेल अक्टोर ९ र १० तारिखमा हुनेछ भने फाइनल खेल १२ तारिखमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed