Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

बीबीसी । इरानमा सैन्य कवाज (परेड) मा गत शनिबार भएको आक्रमणमा जिहादी पृथकतावादीको हात रहेको इरानको गृह मन्त्रालयले  जानकारी दिएको छ । इरानको दक्षिण–पश्चिम सहर आभाजमा एक सैन्य परेडमा सो आक्रमण भएको थियो ।

खुजेस्तान प्रान्तमा सैन्य परेड भइरहेको स्थलमा एक्कासि आतंकवादीहरूले गोली चलाउँदा कवाज हेरिरहेका महिला, बालबालिकासमेत गरी २४ जनाको मृत्यु भएको थियो । घटनामा ५३ जना घाइते भएका थिए ।

उक्त परेडमा आक्रमण गर्ने केही जिहादी पृथकतावादीको परिचय खुलेको गृह मन्त्रालयले जानकारी दिएको छ । उक्त आक्रमणमा सहभागी रहेका आरोपमा २२ जना पक्राउ परिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed