Breaking News.... EverestOnlineKhabar
May 3, 2026

Loading

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारले प्राविधिक शिक्षालाई विशेष महत्व दिएको बताएका छन् । खामतेल विकास मञ्चको दोस्रो अधिवेशनमा सोमबार काठमाडौंमा मन्त्री पोखरेलले खामतेल विकास मञ्चलाई पनि प्राविधिक शिक्षाको क्षेत्रमा काम गर्न आग्रह गरेका छन् ।

खोटाङको खामतेलसँग आफ्नो विशेष सम्बन्ध रहेको भन्दै त्यस ठाउँको नामबाट सामाजिक संस्था स्थापना गरी समाजसेवा गरीरहेको सुन्न पाउँदा खुसी लागेको बताए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य विशाल भट्टराई शिक्षा, स्वास्थ्य लगायतका सुविधाहरुबाट बञ्चित भएका कारण गाउँबाट बसाइ सरेर शहरतिर जानुपर्ने बाध्यता रहे पनि अब भने त्यस्तो हुन नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed