Breaking News.... EverestOnlineKhabar
May 3, 2026

सर्वसाधारणले अशोज २१ गतेबाट दशैंका लागि निष्कासन गरिएका नयाँ नोट पाउने

Loading

काठमाडौँ । नेपाल राष्ट्र बैंकले यस वर्ष  दशैलाई लक्षित गर्दै १३ अर्ब रुपैयाँभन्दा बढी नयाँ नोट निष्काशन गरेको जनाएको छ ।  नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले ५, १०, २०, ५० र १०० दरका नोट १३ अर्ब रुपैयाँभन्दा बढी सटही प्रयोजनका लागि निष्काशन गरेको जनाएका हुन् ।

गत वर्ष १२ अर्ब रुपैयाँ जति निष्काशन गरेकोमा यसवर्ष १३ अर्ब रुपैयाँ भन्दा बढी रहने उनले भने ।  नेपाल राष्ट्र बैंक थापाथली, राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका काठमाडौँ विभिन्न ठाउँका झण्डै १६ शाखा मार्फत नयाँ नोट सर्वसाधारणले पाउनेछन् ।

सर्वसाधारणलाई वितरण गरिने सो रकम बैंकले भने १२ गते (शुक्रबार) देखि पाउँनेछन् । सर्वसाधारणले भने २१ गतेसम्म कुनुपर्नेछ । काठमाडौँ बाहिरबाट पनि सरकारी नोटकोष भएको बैंकबाट नयाँ नोट वित्तरण गरिने निरौलाले भने । प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकको तयारी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed