![]()
काभ्रे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले भूकम्प पीडितलाई सहुलियतपूर्ण ऋण चाँडै दिइने बताएका छन् ।
स्थानीय तहसँगको साझेदारीमा भूकम्प पीडितलाई सामूहिक जमानीमा ३ लाख रुपैयाँसम्म ऋण दिइने उनले बताएका हुन् । काभ्रे धुलिखेलको सञ्जीवनी उच्च माविको विद्यालय भवन अनुगमनमा आएका ज्ञवालीले सहुलियत ऋणको लागि रकम व्यवस्थापन भइसकेको बताएका हुन् ।


