Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

काठमाडौँ । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका मुख्य खेलाडीले ६ क्लबबाट प्रतिस्पर्धा गर्ने भएका छन् । लिग शुरु हुन करीब एक सातामात्रै बाँकी छँदा लिगमा सहभागी १४ टोलीमध्ये ६ क्लबले राष्ट्रिय टोलीका खेलाडी अनुबन्ध गर्न सफल भएका छन् ।

 खेलाडीको सूचीमा मनाङ मस्र्याङ्दी क्लबले राष्ट्रिय टोलीका सबैभन्दा धेरै पाँच खेलाडी अनुबन्ध गरेको छ । मनाङले मिडफिल्डर सुजल श्रेष्ठ, अञ्जन विष्ट, विशाल राई, हेमन गुरुङ र डिफेन्डर एवं राष्ट्रिय टोलीको कप्तान विराज महर्जनलाई क्लबमा अनुबन्ध गरेको छ ।

त्यसैगरी त्रिभुवन आर्मी क्लबबाट गोलकिपर विकेश कुथु, डिफेन्डर सुमन अर्याल तथा फरवार्ड भरत खवास र नवयुग श्रेष्ठले ए डिभिजन लिग खेल्ने छन् । थ्रीस्टार क्लबबाट गोलकिपर एलन न्यौपाने, डिफेन्डर अनन्त तामाङ, मिडफिल्डर नीराजन खड्का र सुनिल बलले खेल्नेछन् । च्यासल युथ क्लबबाट देवेन्द्र तामाङ र हेमन्त थापामगरले खेल्ने छन् भने एपिएफ क्लबबाट आदित्य चौधरीले खेल्ने छन् । डिफेन्डर दिनेश राजवंशी नेपाल पुलिस क्लबमा आबद्ध छन् । स्टार स्ट्राइकर विमल घर्तीमगरको भने अहिलेसम्म क्लबको टुङ्गो लाग्न सकेको छैन । विमललाई लिन थ्रीस्टार र च्यासल युथ क्लबले छलफल अघि बढाएका छन् ।

यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल न्युरोड टोली एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed