Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

बीबीसी । चिनियाँ सामानहरूमाथि नयाँ चरणको अमेरिकी कर कार्यान्वयनमा आएको छ। दुई ठूला आर्थिक महाशक्तिबीचको व्यापार युद्ध झन् चर्काउने गरी यो अमेरिकाको अहिलेसम्मकै ठूलो कदम हो। चीनले असन्तुलित व्यापार अभ्यासहरू गरेको भन्दै अमेरिकाले थप २०० अर्ब डलर बराबरका चिनियाँ उत्पादनमा कर लगाएको छ।

त्यसको जवाफमा चीनले ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा कर लगाएको छ। चीनले भनेको छ, “संयुक्त राज्य अमेरिकाले आर्थिक इतिहासकै सबैभन्दा ठूलो व्यापार युद्ध शुरू गर्‍यो।”

पछिल्लो कदमसँगै गत जुलाइयता अमेरिकी करबाट २५० अर्ब डलर बराबरसम्मको चिनियाँ निर्यात प्रभावित हुने भएको छ। यसको अर्थ चीनले अमेरिकालाई गर्ने करिब आधा जति निर्यातमाथि नयाँ करहरू लाग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed