Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र वेष्टह्यामबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । लिग अन्तर्गत  भएको खेलमा गोल गर्न नसक्दा चेल्सीले छैटांै खेलमा जित निकाल्न सकेन ।

वेष्टह्यामको घरेलु मैदान लण्डन रंगशालामा ७२ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिए पनि पाहुना टोली चेल्सी गोल गर्न असफल भयो । एकपछि अर्को चेल्सीका प्रहारलाई वेष्टह्यामले विफल पारेको थियो ।

गोलरहित बराबरीपछि दुबै टोलीले अंक बाँडेका छन् । ६ खेलबाट १६ अंक जोडेको चेल्सी तेस्रो स्थानमा यथावत् छ । वेष्टह्याम ४ अंकसहित १७ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed