![]()
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाउने गल्ती नगर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सचेत गराएको छ।
सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश जोशीमाथि महाअभियोग लगाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले गोप्य रुपमा हस्ताक्षर अभियान सञ्चालन गरिरहेको चर्चा भइरहेका बेला नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले त्यसो गर्नु गल्ती हुने भन्दै सचेत गराएका हुन्।
राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले महाअभियोगलाई सामान्य अवस्थामा प्रयोग गर्ने अष्त्रको रुपमा लिन नहुने पनि स्पष्ट पारे। कांग्रेसले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरेको महाअभियोग गलत भएको स्मरण गराउँदै वरिष्ठ अधिवक्ता समेत रहेका सांसद अधिकारीले कांग्रेसको जस्तै गल्ती हुने गरी जोशी विरुद्ध महाअभियोग लगाए जनताले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई पनि दण्डित गर्ने बताए।


