Breaking News.... EverestOnlineKhabar
April 30, 2026

एशिया कप क्रिकेट : नेपालले दियो मलेशियालाई १८९ रनको लक्ष्य, ऐरी र शेखको अर्धशतक

Loading

एजेन्सी ।एसिया कप क्रिकेटको छनौट प्रतिस्पर्धा अन्तर्गत नेपालले आयोजक मलेसियालाई १८९ रनको लक्ष्य दिएको छ । वर्षाका कारण प्रभावित भएको खेल ३० ओभरमा छोट्याइएकोमा नेपालले ७ विकेटको क्षतिमा १८८ रन बनायो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले अर्धशतक बनाए । ऐरीले ५१ ब्लमा ५४ तथा शेखले ४८ बलमा नटआउट ६४ रन बनाए । पारस खड्काले १३, ज्ञानेन्द्र मल्लले ११, अनिल कुमार साहले १६, सुवास खकुरेलले ९ तथा बसन्त रेग्मीले ६ रन बनाए ।

सुरुका दुुई खेलमा पराजित भएको नेपालका लागि मलेसियासँगको खेल एसिया कप क्रिकेट खेल्ने आश जीवित राख्नका लागि महत्वपूर्ण छ । युुएईमा हुने एसिया कप खेल्ने आशा जीवितै राख्नका लागि नेपालले यो खेल जित्नै पर्ने हुन्छ । यसका लागि जितले मात्रै पुुग्दैन, अरुको खेलमा पनि भरपर्छ ।

नेपाल बाँकी सबै तीन खेल जित्नु पर्ने दबाब छ । यो खेलमा पनि पराजित भए नेपालको एसिया कप खेल्ने सपना समाप्त हुनेछ । पहिलो खेलमा हङकङलाई हराएको मलेसिया दोस्रो खेलमा भने ओमानसँग २ विकेटले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed