Breaking News.... EverestOnlineKhabar
May 1, 2026

नेपालको ब्याटिङमा आरिफ र दिपेन्द्रले लाज ढाके, १०१ रनको साभेदारी

Loading

काठमाडौं । एसीसी एशिया कप छनोट अन्तर्गत मलेशियाबिरुद्ध लडखडाएको नेपालको पारी दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले सम्हाले । ६० रनमा ५ विकेट गुमाइसकेको नेपालको पारी १०१ रनको साझेदारी गर्दै दिपेन्द्र र शेखले उकासेका हुन ।

दुवै खेलाडीले अर्धशतक पूरा गरे ।शेखले ६१ रन बनाए । ४२ बलमा ४८ रन बनाएकाबेला छक्का हान्दै उनले अर्धशतक पूरा गरेका हुन । यस्तै, दिपेन्द्र सिंह ऐरीले पनि ५४ रन बनाए । ४८ बलको सामना गरेकाबेला उनको ५० रन पूरा भएको थियो । उनले ५१ बलमा ६ चौका र एक छक्काको सहयोगमा ५४ रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed