Breaking News.... EverestOnlineKhabar
April 30, 2026

च्याम्पियन्स लिगः समूह चरणमै रोनाल्डो म्यान्चेस्टर युनाइटेडविरुद्ध खेल्ने….?

Loading

एजेन्सी,भदौ ।
च्याम्पियन्स लिगको यो सिजनको खेल तालिका सार्वजनिक गरिएको छ । सार्वजनिक भएको उक्त खेल तालिका अनुसार इंग्लिस फुटबल क्लब म्यान्चेस्टर युनाइटेड र इटालियन सिरि ए च्याम्पियन युभेन्ट्स एउटै समूहमा परेका छन् । बिहीबार राति सार्वजनिक भएको च्याम्पियन्सलिगको खेल तालिकाअनुसार समूह ‘एच’ मा रोनाल्डो आवद्ध टिम युभेन्ट्ससहित म्यान्चेस्टर युनाइटेड, भ्यालेन्सिया र योङ ब्वाइज रहेका छन् ।
रोनाल्डो केही महिना अगाडि मात्रै स्पेनिस फुटबल क्लब रियल मड्रिडबाट ११२ मिलियन युरोमा जुभामा आवद्ध भएका थिए । इटालियन क्लब यूभेण्टस्का रोनाल्डो समूह चरणमै इंग्लिस क्लब युनाइटेडको सामना गर्ने भएका हुन् ।
रोनाल्डोले सन् २००३ देखि २००९ सम्म म्यान्चेस्टर युनाइटेडबाट खेलेका थिए भने उनले युनाइटेडका लागि ८४ गोलमेत गरेका थिए । उनी यो सिजनको समूह चरणमै आफ्नो पुरानो क्लबसँग खेल्न लागेका हुन् । सार्वजनिक तालिका अनुसार समूह बि र समूह सि विषेश महत्वका साथ हेरिएको छ । समूह बि मा शीर्ष खेलाडी लियोनल मेस्सी आवद्ध टिम बार्सिलोना सहित टोटेनहम, पीएसभी इनदोभेन र इन्टर मिलन रहेका छन् ।
त्यस्तै, समूह ‘सि’ मा विश्वका सर्वाधिक महँगा खेलाडी नेयमार र किलियन एमबाप्पे आवद्ध टिम पेरीस सेन्ट जर्मेन (पीएसजी) र गत सिजनको च्याम्पियन्सलिग उपविजेता टिम लिभरपुल सहित नापोलि र रेड स्टार बेलग्रडे रहेका छन् । भने ३२ टिम खेल्ने च्याम्पियन्स लिगको समूह चरणका खेल सेप्टेम्बर १८ देखि सुरु हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed