Breaking News.... EverestOnlineKhabar
June 24, 2026

यी हुन बिश्वकै सर्वाधिक कमाइ गर्ने अभिनेत्री

Loading

एजेन्सी। हलिउड अभिनेत्री स्कारलेट जाेहानसन विश्वकै सर्वाधिक कमाई गर्ने अभिनेत्रीको सूचिमा परेकी छन्। फोर्ब्स म्यागजिनले  सार्वजनिक गरेको रिपोर्ट अनुसार स्कारलेट विश्वकै सर्वाधिक कमाई गर्ने अभिनेत्री बनेकी हुन्।

फोर्ब्सकाे रिपार्ट अनुसार सन् २०१७ जुन १ बाट  २०१८ जुन १ सम्मको कमाई अनुसार स्कारलेट कमाइका हिसाबमा अगाडि देखिएकी हुन्। ३३ बर्षीया स्कारलेटले उक्त मितिमा ४.०५ मिलियन डलर आर्जन गरेकी छन्। यो उनको अघिल्लो वर्षको तुलनामा करिब ४ गुणा बढि कमाइ हो।

सर्वाधिक कमाइका हिसाबमा अघिल्लो वर्ष हलिउड अभिनेत्री एन्जेलिना जोली अग्रस्थानमा थिइन्। तर एन्जेलिनाको उक्त स्थानलार्इ पछाडि पार्दै स्कारलेट अग्रस्थानमा आएकी हुन्। अभिनेत्री स्कारलेट यस वर्षको हिट फिल्म ‘एभेन्जर्स इन्फिनिटीवार’ की मुख्य अभिनेत्री समेत हुन्।

अघिल्लो वर्षकी सर्वाधिक कमाइ गर्ने एन्जेलिना जोलीको यस वर्षको कमाइ भने स्कारलेटको भन्दा कम छ। उनले यसवर्ष २.८ मिलियन डलरमात्र कमाइ गरेकी छन्। ४३ बर्षीया जोलीले सन् २०२० मा प्रदर्शनमा आउने फिल्म ‘मालीफिसेन्ट’मा महंगो पारिश्रमिक लिएर  २.८ मिलयन डलर कमाउन सफल भएकी हुन्।

यसैगरी अर्की ४९ बर्षीय अभिनेत्री जेनिफर एनिस्टन कुल १९.५ मिलियन डलर सहित तेस्रो स्थानमा रहेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed