Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

काठमाडौं। आगामी बिहीबारदेखि काठमाडौंमा सुरु हुने बिम्स्टेक बैठकलाई मध्यनजर गर्दै उपत्यकाका सम्पूर्ण विद्यालय तथा क्याम्पस बन्द गर्ने निर्णय गरिएको छ। गृह मन्त्रालयको सुरक्षा महाशाखाको  बैठकले आगामी १४ र १५ गतेका लागि सबै विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने निर्णय गरेको हो।

उपत्यकाको ट्राफिक तथा सुरक्षा व्यवस्थालाई मध्यनजर गरी सो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ। ट्राफिक व्यवस्थापनका लागि भन्दै उपत्यकाभित्र भोलिदेखि नै जोरविजोर प्रणालीमा सवारी चलाउने व्यवस्था मिलाइएको छ। महानगरीय ट्राफिक महाशाखाका अनुसार काठमाडौंका सडकमा भोलि विजोर सवारी साधनहरु चल्नेछन्।

पत्रकारको हकमा सुचना विभागले जारी गरेको प्रेस पासलाई अनिवार्य गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed