![]()
एजेन्सी,भदौ ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले अमेरिकाले हस्तक्षेपको योजना बनाइरहेको आरोप लगाएको छ ।अमेरिकाले हसिलो अनुहार लिएर वार्तामा बस्ने तर आपराधिक षड्यन्त्रको तानाबाना बुनेर आक्रमण गर्ने गरेको आरोप लगाएको छ । यदि अमेरिकाले यस्तो गरे त्यो उसको गम्भीर भुल हुने चेतावनी दिइएको छ ।
आइतवार मात्र दक्षिण कोरियाको रेडियोले प्योङयाङमाथिको हस्तक्षेपको उद्देश्यका साथ अमेरिकी सेनाले जापानसँग मिलेर सैन्य अभ्यास गरिरहेको प्रसारण गरेको थियो । यस्तै हस्तेक्षप गर्ने योजना नै हिस्सा अन्तर्गत अमेरिकी विशेष युनिट फिलिपिन्स तर्फ लागेको पनि दक्षिण कोरियाको रिपोर्टलाई आधार मानी सामग्री प्रसारण गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना विदेशमन्त्री माइक पोम्पिायोको प्योङयाङ भ्रमण रद्द गरेको भोलिपल्टै उत्तर कोरियाका तर्फबाट कडा टिप्पणी आएको हो ।


