![]()
नयाँदिल्ली,भदौ ।
भारतको गुजरातमा भएको दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ । यात्रु सहितको कार र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।
राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने सुरत जिल्लाको बालेश्वर गाउँमा दुर्घटना भएको समाचारमा जनाइएको छ । एक प्रहरी अधिकारीले भनेः‘विपरित दिशाबाट आइरहेका कार र ट्रक आइतबार राती एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।’ मृत्यु भएका मध्ये छ जनाको घटनास्थलमै र अरुको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको जनाइएको छ ।


