Breaking News.... EverestOnlineKhabar
June 25, 2026

एसिया कप छनोट खेल्ने नेपाली टोली मलेसियामा

Loading

काठमाडौ,भदौ ।
आगामी बुधबारदेखि हुने एसिया कप छनोट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय टोली मलेसिया पुगेको छ। श्रीलंकामा एक साताको विशेष प्रशिक्षण र अभ्यास गरेको २० सदस्सीय नेपाली टोली सोमबार मलेसिया पुगेको हो। क्यारेबियन प्रिमियर लिगमा व्यस्त नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने भने आज मंगलबार मात्र मलेसिया पुग्नेछन्।
नेपालले श्रीलंकामा खेलेका तीनै अभ्यास खेल जितेको थियो। श्रीलंकाको फस्ट क्लास क्लबहरू श्रीलंका आर्मी, कोल्ट्स र ब्लुमफिल्ड क्लबलाई हराएको नेपाल उच्च मनोवलका साथ मलेसिया पुगेको हो।
एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले प्रतिश्पर्धा गर्नेछन्। छनोटको पहिलो खेलमा नेपालले ओमानसँग खेल्दै प्रतियोगिताको सुरूवात गर्नेछ। नेपाल र ओमानबीचको खेल बुधबार बायुमास ओभलमा हुनेछ। यस्तै नेपालले दोस्रो खेलमा बिहिबार युएईको सामना गर्नेछ।
नेपालले तेस्रो खेलमा आयोजक मलेसियासँग शनिबार खेल्नेछ। त्यस्तै आइतबार सिंगापुरसँग खेल्ने नेपालले मंगलबार हङकङसँग खेल्दै लिगचरण सकाउनेछ। राउण्ड रोबिनको आधारमा हुने छनोटको शीर्ष दुई टोलीले फाइनलमा खेल्नेछन्। छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ।
एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ। छनोटको बिजेताले भदौ २८ देखि असोज १२ सम्म दुबई र अबुधाबीमा हुने एसिया कपको समूह ए मा पर्नेछ। उक्त समूहमा भारत र पाकिस्तान छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed