![]()
बीबीसी । ब्राजिलको फुटबल एसोसिएसनका पूर्व प्रमुख जोसे मरिया मारिनलाई भ्रष्टाचार आरोपमा चार वर्षको जेल सजाय भएको छ । ८६ वर्षका जोसेले स्पोटर्सको मार्केटिङ्ग गर्ने कम्पनीबाट खेल प्रशारण गर्न दिने शर्तमा ठूलो रकम लिएकोमा दोषी पाइएको हो ।
उनीसहित विश्व फुटबलको प्रशासकीय निकाय फिफाका सातजनालाई भ्रष्टाचार आरोपमा सन् २०१५ को मे मा ज्युरिचमा रहेको होटलबाट पक्राउ गरिएको थियो । जोसेले कोपा अमेरिकासहितका प्रतियोगिताका खेल प्रशारण गर्न दिने शर्तमा घुस लिएको पुष्टि भएको छ ।
यस्तै जोरेले १२ लाख अमेरिकी डलर जरिवाना तिर्नु पर्ने भएको छ । यस्तै ३३ लाख ४० हजार अमेरिकी डलर दण्ड स्वरुप तिर्न पनि आदेश दिएको छ । जोसे सन् २०१२ देखि २०१५ सम्म ब्राजिलियन फुटबल एसोसिएसनको प्रमुख थिए ।


