![]()
काठमाडौँ । औषधि व्यवस्था विभागले दुखाइ कम गर्ने ट्रमाडोल नामक औषधि चिकित्सकको सिफारिश विना बिक्री वितरण गर्न रोक लगाएको छ। केही मुलुकमा बिक्री वितरणमा रोक लगाइएको सो औषधि नेपालमा प्रयोग हुन थालेपछि विभागले यही भदौ १५ गतेदेखि चिकित्सकको सिफारिश विना बिक्रीवितरणमा रोक लगाउन लागेको हो।
औषधि पसलबाहेक अन्य खुद्रा पसलमा बिक्री वितरण गर्न बाँकी रहेका ती औषधि थोक बिक्रेतालाई फिर्ता गर्न विभागले आग्रह गरेको छ।
विभागका महानिर्देशक नारायण ढकालले चिकित्सकले सिफारिश गरेका ट्रमाडोलको सङ्ख्या औषधि पसलले भदौ १५ गतेदेखि अभिलेख राखेर मात्र वितरण गर्नुपर्ने व्यवस्था गर्न लागेको जानकारी दिए।
सो औषधि वर्षेनी कति खपत हुन्छ भन्ने कुनै तथ्यांक छैन। अब औषधि उत्पादक कम्पनी तथा आयातकर्तालाई पनि के कति मात्रामा सो औषधि उत्पादन एवं आयात गरिएको हो भन्ने यकिन तथ्यांक विभागमा बुझाउन भनिएको छ।


