![]()
एजेन्सी । बलिउड अभिनेत्री मनीषा कोइरालाले मुम्बईमा आफ्नो ४८औं जन्मदिन मनाएकी छिन् । उनले दिएको जन्मदिनको पार्टीमा धेरै चल्तीका कलाकार उपस्थित नभएपनि साहरुख खान पुगेका थिए ।
पुरानी अभिनेत्री रेखा पनि पार्टीमा आएकी थिइन् । उनले मनीषालाई टाउकोमा हात राखेर आशीर्वाद दिएकी थिइन् । फिल्म निर्माता विधु विनोद चोपडाको पनि त्यहाँ उपस्थिति थियो । फेसन डिजाइर मनीष मल्होत्रा पनि आएका थिए ।

छोरीको जन्मदिन मनाउन मनीषाकी आमा सुष्मा कोइराला पनि मुम्बई पुगेकी थिइन् । बाबुप्रकाश कोइराला भने गएनन् । सानो जमघटमा मनाइएको जन्मदिनका अवसरमा मनीषा खुशी देखिएकी थिइन् । उनी चाँडै एउटा वेब सिरिजमा काम गर्दैछिन् ।



