Breaking News.... EverestOnlineKhabar
June 24, 2026

विकाश श्रेष्ठ र नविन श्रेष्ठको जोडी ब्याडमिन्टनको पुरुष युगलतर्फ प्रिक्वाटरफाइनलमा

Loading

एजेन्सी । नेपालका विकाश श्रेष्ठ र नविन श्रेष्ठको जोडी इन्डोनेसियामा जारी १८ औँ एसियाली खेलकुद-एसियाडअन्तर्गत ब्याडमिन्टनको पुरुष युगलतर्फ प्रिक्वाटरफाइनल पुगेको छ।

अन्तिम ३२ को खेलमा विकाश र नविनको जोडीले बिहीबार मंगोलियाको जोडीलाई सोझो सेटमा पराजित गर्‍यो। नेपाली जोडी २१-१२ र २१-७ को सेटमा विजयी भएको थियो। मिश्रित युगलमा रत्नजित तामाङ र नंशलदेवी तामाङको जोडी तथा जेसिका गुरुङ र दीपेश धामीको जोडी पहिलो चरणबाटै बाहिरियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed