Breaking News.... EverestOnlineKhabar
June 25, 2026

कञ्चनपुर घटनाबारे गृह मन्त्रालयले छानबिन गर्दै, सह–सचिवको नेतृत्वमा छानबिन समिति गठन

Loading

काठमाडौं।  कञ्चनपुरकी बालिक निर्मला पन्तकाे बलात्कार र हत्या प्रकरणको गृह मन्त्रालयले छानबिन गर्ने भएको छ । बिहीबार ज्ञापनपत्र बुझाउन गएका प्रदेश नम्बर ७ का नेताहरुलाई गृहमन्त्री रामबहादुर थापाले छानबिन गर्ने बताएका हुन ।

गृहमन्त्रालयले घटनाबारे अनुसन्धान गर्न सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको छ । बिहीबार गृहमन्त्रालयमा बसेको बैठकले मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । उनी कारागार व्यवस्थापन विभागका महानिर्देशक हुन् ।

 

 नेकपाका १४ जना नेताहरुले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्। लेखराज भट्ट, निरुदेवी पाल, लक्ष्मणदत्त जोशी, देविलाल चौधरी, डा दिपकराज भट्ट, ओमबिक्रम भाट, विरबहादुर थापा, हरि थपाईली, नन्दबहादुर साउद, रोशनबहादुर खड्का, दिपक तिमल्सिना, योगेन्द्र साउँद, नरबहादुर धामी र बीनादेवी बुढाले ज्ञापन पत्र बुझाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed