Breaking News.... EverestOnlineKhabar
June 25, 2026

कांग्रेस शीर्ष नेताहरुको बैठकः विधान मस्यौदा समिति गठन गर्ने र महासमिति बैठकको गृहकार्य अघि बढाउने निर्णय

Loading

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समिति, कार्य सम्पादन र अनुशासन समिति गठनको तयारी गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बिहीबार बसेको पदाधिकारी बैठकले शुक्रबार बस्ने केन्द्रीय समिति बैठकबाट विधान मस्यौदा समिति गठन गर्ने र महासमिति बैठकको गृहकार्य अघि बढाउने निर्णय गरेको हो।

बैठकले सभापति देउवाको संयोजकत्वमा महासमिति बैठक मूल तयारी समिति गठन गर्ने निर्णय गरेकाे छ। केन्द्रीय समिति बैठकले उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव समिति, महामन्त्री शशांक कोइरालाको संयोजकत्वमा संगठन सम्बन्धी प्रस्ताव समिति, कोषाध्यक्ष सीतादेबी यादबको संयोजकत्वमा आर्थिक समिति र सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा आर्थिक नीति एवं प्रचारप्रसार समिति गठन गरिने छ।

पदाधिकारी बैठकले पार्टीको कार्यसम्पादन समिति र अनुशासन पनि शुक्रबार नै गठन गर्ने निर्णय गरेको छ।  केन्द्रीय सदस्य भीष्मराज आङदम्बेको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति गठन गर्ने तयारी भइरहेको छ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति निधि, महामन्त्रीद्वय कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री महत, कोषाध्यक्ष सीतादेबी यादव उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed