![]()
वीरगंज । पूर्व प्रधानमन्त्री एवम नेपाल कम्यूनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले मधेशमा मार्क्सवाद शुरु भएको दाबी गर्दै अर्को चुनावमा दुई नम्बर प्रदे्शमा पनि कम्युनिष्टको सरकार बन्ने ठोकुवा गर्नुभएको छ ।
कार्ल मार्क्स जन्मको द्विशतबार्षिकीको अवसरमा वीरगंजको नगर सभागृहमा आयोजित सभामा बोल्दै नेता खनालले मधेशमा मार्क्सवादस्थापित गर्ने पार्टीको राणनीति नै बनेको खुलासा गर्नुभयो ।

संसार भरीको श्रमजीवीहरु एकजुट हौऔं भन्ने नाराका साथ सुरु भएको गोष्ठी बिहीबार पनि जारी छ । गोष्ठीमा प्रदेश नम्बर २ का आठ वटा जिल्लाबाट एकहजार जनाको सहभागिता छ । नेता खनालले प्रदेश २ मा ३१ प्रदेश सांसदसहित अहिले पनि नेकपा ठुलो दल रहेको चर्चा गर्दै अगामी निर्वाचनमा दुई तिहाईको बहुमतको सरकार बन्ने दाबी गर्नूभयो ।
नेकपाका नेता तथा मधेसमा माक्सवाद अभियानका संयोजक घनश्याम भुषालले यही पवित्र भूमिबाट मधेसको व्यक्ति–व्यक्ति र घरघरमा माक्सवादको विचार पुर्याउने पर्ने बेला आएको भनी नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।



