![]()
एजेन्सी । ईण्डियाले ईङल्याण्डविरुद्धको बाँकी २ टेष्ट क्रिकेटका लागी १८ बर्षिय पृथ्वी शँ र हनुमा बिहारीलाई टिममा बोलाईएको छ । घरेलु टोलीसंगको ५ म्याचको टेष्ट सिरिज अन्र्तगत बाँकी खेलका लागि उनीहरुलाई बोलाईएको हो ।
अण्डर १९ टोलीबाट ईण्डियाको प्रतिनिधित्व गरेका पृथ्वीले मुरली बिजयको स्थान लिनेछन् । उमेर समुहकै क्रिकेटबाट उदाएका अलराउण्डर बिहारीलाई भने कुलदिप यादवको स्थानमा टीममा बोलाईएको हो ।
खराब फर्ममा रहेका बिजयले पछिल्ला ११ खेलमध्ये ६ खेलमा दोहोरो अंक समेत छुन सकेका छैनन् । टोलीको ब्याटिङ चिन्ता र युवाको उर्जालाई पनि समाबेश गर्न दुई युवा खेलाडिलाई टिममा मौका दिईएको प्रशिक्षक रवि शास्त्रीले बताएका छन् । दुबैले ईङ्ल्याण्ड विरुद्ध भदौ १४ गते हुने चौथो टेष्टबाट अन्तराष्ट्रिय टेष्टमा डेब्यु गर्नेछन् ।


