Breaking News.... EverestOnlineKhabar
June 25, 2026

अमेरिका र चीन व्यापारिक युद्ध : १६ अर्ब डलरको सामानमा एक अर्कालाई कर

Loading

बीबीसी । अमेरिका र चीनले एक–अर्का माथि १६ अर्ब डलर बराबरको समाग्रीमा नयाँ कर लगाउने भएका छन् । जवाफी कर लगाएको बताएका दुवै मुलुकको पछिल्लो कदमले व्यापारिक युद्ध थप चर्काएको छ । दोश्रो चरणमा थप ५० अर्ब डलरका सामाग्री माथि कर लगाईने बताईएको छ ।

विश्वका प्रमुख दुई आर्थिक शक्तिको व्यापार युद्ध गत जुलाई देखी सतहमा आएको छ ।  चीन र अमेरिकाबीच व्यापारिक सम्बन्ध सुधारका लागि वासिङटनमा वार्ताको तयारी समेत भैरहेको  छ । यद्यपी, वार्ताबाट समाधान नहुने राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पष्ट पारेका छन ।

२ सय ८० चिनिया सामाग्रीमा अमेरिकाले २५ प्रतिशत कर लगाउने तयारी गरेको छ भने चीनले पनि कोईला, औषधि, कार तथा बस लगायतका अमेरिकि उत्पादन माथि २५ प्रतिशतले नै कर लगाउने तयारी गरिरहेको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed