![]()
एजेन्सी,भदौ ।
ला लिगाको नयाँ सिजनमा बार्सिलोनाले प्रभावशाली जित निकाल्दै सुखद सुरुआत गरेको । मेसीको कप्तानीमा मैदान उत्रिएको बार्सिलोनाले एलाभेसलाई ३–० ले हरायो । बार्सिलोनाको जितमा मेस्सीले दुई गोल गरे । अर्को एक गोल फिलिप कोन्टिन्होले थपे ।
पहिलो हाफमा एक गोल पनि गर्न नसकेको बार्सिलोनाले तीनवटै गोल दोस्रो हाफमा गर्न सफल भयो । मेस्सीले ६४ औं मिनेटमा गोल गरेर सुरुआती अग्रता दिलाएका थिए । दोस्रो हाफमा मैदान छिरेका कोन्टिन्होले ८३ औं मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाए । उन्जुरी समयको दोस्रो मिनेटमा पुनः मेस्सीले नै अर्को गोल थपेपछि बार्सिलोना ३–० ले विजयी भयो।
ला लिगाका अन्य खेलमा रियल सोसिडाडले भिल्लारियललाई २–१ ले हराउँदा सेल्टा डी भिगो र स्पानियोलले १–१ को बराबरी खेलेका छन् ।


