Breaking News.... EverestOnlineKhabar
July 11, 2026

Loading

काठमाडौ,साउन ।
गएरातिको वर्षाले राजधानीका विभिन्न नदीमा पानीको सतह बढ्दा केही क्षेत्र डुबानमा परेको छ । विष्णुमति, धोवीखोला, बागमतीमा सतर्कता तहभन्दा माथि बहाव पुगेको थियो । केही स्थान डुबानमा परेका कारण गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रले बागमती, विष्णुमति, धोवी खोला लगायत राजधानीभित्रका नदी किनारका होचा स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बागमती नदीमा आएको बाढीले सिनामंगलस्थित नदी किनारमा रहेको सुकुम्बासी बस्ती प्रभावित भएको छ । बस्तीका केही घर डुबानमा परेका छन् भने केही घर कटानको जोखिममा छन् । यस्तै,अनामनगरको देवी नगर खोला किनार आसपासका घरहरुमा पनि बाँढी पसेको छ । बुधबार विहानै घरभित्र पसेको पानी निकाल्न स्थानीयलाई हम्मे हम्मे परेको थियो ।
बाढीले घर जोखिममा परेको भन्दै बिहानैदेखि केही परिवारले आफ्नो घरका सामान सडकमा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.