![]()
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमले खरिद गरेको दुईवटा वाइड बडी खरिद प्रक्रियाबारे मन्त्रालयले सुक्ष्म अध्ययन, अनुसन्धान गरिरहेको बताएका छन् ।
व्यवस्थापिका संसदमा सांसदहरूले उठाएका प्रश्नको उत्तर दिँदै मन्त्री अधिकारीले जहाज खरिद प्रक्रिया लामो भएकाले त्रूटी, कैफियत देखिए छानवीन र कारवाहीको दायरामा ल्याउने बताएका हुन् ।
उनले दश–पन्ध्र वर्षदेखि जहाज प्रक्रिया शुरू गरिएको भए पनि यस वर्षमात्रै सफलता मिलेको भन्दै गलतलाई प्रश्रय नदिइने बताए ।
उनले विमान सेवालाई निर्वाध सञ्चालन गर्ने, गन्तव्यहरू बढाउन आफू प्रतिवद्ध रहेको जानकारी दिए ।


