Breaking News.... EverestOnlineKhabar
June 24, 2026

सांसद सुवालले उठाए पर्यटन मन्त्री अधिकारीले पत्रकारको माइक पन्छाएको बिषय

Loading

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका नेता एवं सांसद प्रेम सुवालले पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पत्रकारले प्रश्न सोध्दा माइक किन पन्छाएको भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसद सुवालले भने, “युट्युवमा छाएको छ, दुईवटा वाइडबडी जहाजबारे पत्रकारले मन्त्रीज्यूसँग प्रश्न सोध्नु भएको थियो, भ्रष्टाचार भएको छ कि छैन भनेर । मन्त्रीज्यूले यस्तो सानो तिनो प्रश्न पनि मन्त्रीसँग सोध्ने भनेर माइक पन्छाउनु भयो, युट्युवमा भएको भिडियो मन्त्रीज्यूको हो कि अरु कसैको हो ? त्यसमा माइक पन्छाउनुपर्ने कारण के हो ? विल भुक्तानी मन्त्रीज्यूको पालामा भएको हो कि अगाडि भएको हो ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed