![]()
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यान्चेस्टर सिटीले जित हात पारेको छ । सिटीले आर्सनललाई २–० गोलअन्तरले पराजित गरेको हो । आर्सनलको घरेलु मैदानमा भएको खेलमा सिटीले प्रिमियर लिगमा विजयी सुरुवात गरेको हो । सिटीको जितमा स्टर्लिङ र बेर्नानन्डो सिल्भाले गोल गरे ।
खेलको १४औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलले अघि रहेको सिटीले दोस्रो हाफमा पनि थप १ गोल गर्दा आर्सनलले गोल गर्न सकेन । खेलको ६४ औं मिनेटमा सिल्भाले गोल गर्दै २–० गोलको अग्रतामा पु¥याएका थिए ।
बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल सिटीले २–० गोलले जितेको हो ।
त्यस्तै, अर्को खेलमा लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई ४–० गोल अन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा साडियो मानेले २, मोहमद सालाह र ड्यानियल स्टुरिजले समान १–१ गोल गरे । पहिलो हाफमा २ गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप २ गोल गर्दै जित सुनिश्चित गरेको थियो ।


