Breaking News.... EverestOnlineKhabar
June 24, 2026

ब्राजिलका लिजेण्ड फुटबलर रोनाल्डोलाई ‘निमोनिया’

Loading

एजेन्सी । ब्राजिलका लेजेण्ड फुटबलर रोनाल्डोलाई निमोनिया भएको छ । विश्वकप विजेता ब्राजिलका रोनाल्डोलाई निमोनियाको संक्रमण भएपछि स्पेनको आइल्याण्ड इबिजामा रहेको अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ ।

४१ वर्षका रोनाल्डो गएको शुक्रबारदेखि अस्पतालमा छन् । रोनाल्डोसहितको ब्राजिलियन टिमले सन् २००२ मा जर्मनीलाई हराएर विश्वकपको उपाधि उचालेको थियो । उनले ब्रालिका लागि ६२ गोल गरेका छन् ।

रियल मड्रिड, बार्सिलोना, इन्टरमिलान तथा एसी मिलानका पूर्व खेलाडी रोनाल्डोले ट्वीट गरेर माया र सद्भावका लागि समर्थकलाई धन्यवाद दिएका छन् ।

उनको क्यान मिसेस हस्पिटलमा उपचार भइरहेको छ । कस्तो खालको निमोनिया हो भन्ने बारे केही जानकारी दिइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed