![]()
बीबीसी । भारतको तल्लो सदन लोकसभाका पूर्व अध्यक्ष सोमनाथ चटर्जीको निधन भएको छ । उनको ८९ वर्षको उमेरमा कोलकाताको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।चटर्जीलाई आइतबार हृदयघात भएको थियो ।
उनी मृगौलाको समस्याका कारण लामो समयदेखि उपचाररत थिए । गएको जुनमा पनि उनलाई स्ट्रोक भएको थियो र एक महिनासम्म अस्पताल राखिएको थियो ।
उनी भारतीय कम्युनिष्ट पार्टी, सिपिएमका वरिष्ठ नेता थिए । तर उनलाई पार्टीबाट निष्काशन गरिएको थियो । राम्रो कानुनविद पनि रहेका चटर्जी सबैभन्दा लामो समयसम्म लोकसभा सांसद रहे ।
उनी सन् १९७१ देखि २००९ सम्म लगातार लोकसभा सांसद बनेका थिए । यो बिचमा उनी सन् १९८४ को चुनाव भने जाधवपुर लोकसभा क्षेत्रमा ममता बनर्जीसँग पराजित भएका थिए ।
सन् १९६८ मा सिपिआई, एम पार्टीमा सामेल भएका उनी सन् २००८ मा पार्टीबाट निष्काशनमा परेका थिए । चटर्जी १० पटक लोकसभा सांसद बने ।


