![]()
एजेन्सी । सेभिल्लाले बार्सिलोनासँगको खेल नखेल्ने चेतावनी दिएको छ । बार्सिलोना र सेभिल्लाबिच स्पेनिस सुपर कपको उपाधिका लागि आइतबार प्रतिस्पर्धा हुँदैछ । कुनै पनि टिमले युरोप भन्दा बाहिरका तीन भन्दा धेरै खेलाडी समावेश गर्न नपाउनने परम्परा रहँदै आएको छ । तर बार्सिलोनाले नियम तोड्न लागेको छ ।
सेभिल्लाले बार्सिलोनाले तीन भन्दा धेरै युरोपियन खेलाडी टिममा समावेश गरेमा आफूहरुले प्रतिस्पर्धाबाट हात झिक्ने बताएको छ । स्पेनिस फुटबल फेडेरेशनले शनिबार खेलका लागि युरोप बाहिरका खेलाडीमा कुनै बन्देज नरहेको घोषणा गरेको थियो ।
ला लिगाको खेलमा तीन खेलाडी मात्रै युरोप भन्दा बाहिरको प्रयोग गर्न पाउने व्यवस्था रहेको छ। स्पेनिस सुपर कपमा पनि ला लिगामा जस्तै नियम लागु हुने विश्वास थियो । तर स्पेनिस फुटबल फेडेरेशनले बन्देज नरहेको बतायो । सेभिल्लाले भने बार्सिलोनाको टिममा धेरै युरोप बाहिरका खेलाडी भएमा प्रतिस्पर्धाबाट बाहिरिने चेतावनी दिएको हो ।


