Breaking News.... EverestOnlineKhabar
July 11, 2026

जिम्मेवार भएर प्रस्तुत हुन मिडियाका साहुलाई प्रधानमन्त्रीको सुझाव

Loading

काठमाडौं । बिभिन्न मिडिया हाउसका संचालकहरुले समूहगत रुपमा प्रधानमन्त्री केपी ओलीसंग भेटवार्ता गरेका छन । नेपाल मिडिया सोसाइटी नामक संगठनमा आबद्ध मिडिया संचालकहरु भेटका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

सोसाइटीको अध्यक्षमा एबीसी टेलिभिजनका संचालक शुभशंकर कँडेल चयन भए लगत्तै उनीहरु प्रधानमन्त्रीलाई भेटन गएका हुन ।
भेटमा कँडेलसहित कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश शिरोहिया, सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ, २४ टेलिभिजनका अध्यक्ष अनिल जोशी लगायत सहभागी थिए ।

भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानव अधिकारप्रति प्रतिवद्ध रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको,त्यसका लागि आफू १४ वर्ष जेल बसेको, पार्टीको कयौं नेता, कार्यकर्ता शहीद भएकोले वर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टीबाट लोकतन्त्रलाई कहिले पनि खतरा नहुने बताउनुभयो ।

माइतीघर मण्डलाको विषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको प्रधानमन्त्री ओलीको भनाइ छ । “माइतीघर मण्डला के आमसभा, जुलुस गर्न उपयुक्त ठाउँ हो त ?” प्रधानमन्त्री ओलीको प्रश्न छ “अनि यसलाई देखाएर सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोज्ने ?”  “नेकपा लोकतन्त्रको जन्मदाता हो । यही पार्टीको सरकार भएका बेला लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानव अधिकार हनन् हुने कुरा कल्पनासम्म हुँदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “यो कुरा मिडियाले पनि बुझन् पर्दछ ।”

प्रधानमन्त्री ओलीले सरकारलाई सजग गराउन र जनतालाई सचेत गराउन मिडियाको ठूलो भूमिका हुने समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.