Breaking News.... EverestOnlineKhabar
July 11, 2026

अमेरिकामा विमान चोरियो, चोरले उडाएको विमान दुर्घटना

Loading

बीबीसी ।अमेरिकाको सियाटल विमानस्थलमा विमान सेवा कम्पनीको कामदारले चोरेको एउटा खाली विमान दुर्घटना भएको छ । सो विमानमा कोहीपनि यात्री थिएनन् ।

विमान चोरी गर्ने व्यक्तिले अनाधिकृतरुपमा विमान ‘टेक अफ’ गराएकाले सियाटल–टाकोमा अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपरेको अधिकारीहरुले बताएका छन् । स्थानीय समयअनुसार शुक्रबार चोरीपछि विमानलाई एफ–१५ लडाकू जेटले पछ्याएको थियो ।

केट्रोन टापुको दक्षिणी क्षेत्रमा दुर्घटनामा पर्नुअघि उक्त व्यक्तिलाई विमान अवतरणका लागि हौसला दिइएको एअर ट्राफिक कन्ट्रोलरले खुलासा गरेको छ । भिडियो गेम खेलेकाले आफैंले विमान अवतरण गर्नसक्ने भन्दै उसले इन्धनबारे जानकारी मागेको बताइएको छ ।

दुर्घटनामा ‘विमान चोर’ पनि मरेको विश्वास गरिएको छ । स्थानीय अधिकारीले यो घटना आतंककारी नभएको भन्दै विमान चोर स्थानीय २९ वर्षीय व्यक्ति रहेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.