Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

काठमाडौं। नेपाल टेलिकमले वितरण गरिरहेको एफटिटिएच (फाइबर टू दि होम) सेवा अन्तर्गत इन्टरनेट सेवासहित आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा सुरु गरेको छ। सेवाको प्रारम्भको अवसरमा १० साउनदेखि ३ महिनाको लागि ‘प्रमोसनल अफर’ का रुपमा कम्पनीको नेटवर्कभित्र भ्वाइस सेवा निःशुल्क प्रदान गरिएको टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार आइपी आधारित प्रविधि अन्तर्गतको एफटिटिएच सेवामा उच्च गतिको गुणस्तरीय डाटाको साथमा सोही फाइबरबाट भ्वाइस सेवा समेत उपलब्ध हुनेछ। यसका लागि ग्राहकलाई नयाँ नम्बर प्रदान गरिने टेलिकमको भनाइ छ। हाल यो भ्वाइस सेवा एफटिटिएच सेवा वितरण भइरहेका स्थानहरूमा डाटासँगै उपलब्ध छ। बाँकी स्थानहरूमा क्रमशः विस्तार गरिँदै लगिने कम्पनीले जनाएको छ।

हाल काठमाडौं उपत्यकाको कीर्तिपुर, सैंबु, गोंगबु, गोठाटार, दरबार मार्ग, ठमेल, हात्तीसार, जावलाखेल, लगनखेल, कलंकी र उपत्यकाबाहिर भरतपुर राजमार्ग क्षेत्र, बुटवल, वीरगन्ज तथा पोखरा लेकसाइड क्षेत्रमा यो सेवा उपलब्ध छ। टेलिकमले एफटिटिएच सेवाको विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको जनाएको छ।

एफटिटिएचमा हाल ‘मनसुन अफर’ अन्तर्गत विभिन्न प्याकेजको सुविधा टेलिकमले प्रदान गरेको छ। यसमा व्यक्तिगत र कर्पोरेट ग्राहकका लागि फरक–फरक महशुल दर निर्धारण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.