Breaking News.... EverestOnlineKhabar
June 27, 2026

उपचारपछि पूर्व प्रधानमन्त्री खनाल स्वदेश फिर्ता, देश, जनता र पार्टीको सेवामा सक्रियतापूर्वक लाग्ने अठोट

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् ।

१५ दिन अघि चीन जानुभएका वरिष्ठ नेता खनालले सिचुवान प्रान्तस्थित वेस्ट चाइना इन्टरनेसनल अस्पतालमा हाइपर प्याराथाइराइ र मिर्गौलामा भएको पत्थरीको शल्यक्रियापछि स्वदेश फर्किएका हुन ।

खनाललाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता राजेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरे ।खनालको स्वागतका लागि नेकपाका करिब दुई सय कार्यकर्ता बिमानस्थल पुगेका थिए ।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले दुई वटा शल्यक्रिया एकै पटक गरेपछि आफू स्वस्थ भएको र अब देश, जनता र पार्टीको सेवामा अझ सक्रियतापूर्वक लाग्ने बताए ।

उपचारका क्रममा वरिष्ठ नेता खनालले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख तथा सिचुवान प्रान्तका प्रमुखसँग पनि भेटघाट भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.