Breaking News.... EverestOnlineKhabar
June 27, 2026

भारत र पाकिस्तानसंग खेल्ने नेपालको सपना : प्रशिक्षक टमाटा

Loading

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक जगत टमाटाले नेपाली क्रिकेट खेलाडीको सपना भारत र पाकिस्तानसँग खेल्ने रहेको बताएका छन्। उनले त्यही सपना पूरा गर्न एसिया कप छनाैटकाे तयारीमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताए।

पहिलो एक दिवसीय क्रिकेट खेलेर नेदरल्याण्ड्सबाट सोमबार स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रशिक्षक टमाटाले भने,‘एसिया कप छनौट नजिक आइरहेको छ। अब तयारी स्वरुप यो एकदिवसीय क्रिकेटलाई पनि लिन सकिन्छ। अब राष्ट्रिय टिमको छिट्टै क्याम्प सुरु हुन्छ।’

टमाटाले राम्रो वातावरण भए नेपाली क्रिकेट टोली टेष्ट मान्यताका लागि तयार रहेको पनि बताए। ‘हाम्रा खेलाडीहरु क्षमतावान छन्। एकदिवसीय क्रिकेट जस्तै अरु सिरिज खेलेर थप अनुभव र परिपक्को बन्दै जाने हो भने हामी माथिल्लो स्तरको क्रिकेट खेल्न सक्छौं,’ उनले भने।

प्रशिक्षक टमाटाले माथिलो स्तरको अनुभवले नेपाल ८–१० वर्षभित्र टेष्ट मान्यता पाउन तयार हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.