Breaking News.... EverestOnlineKhabar
June 27, 2026

रोनाल्डोबिना मैदान उत्रिएको युभेन्टस रियल मड्रिडसंग पराजित

Loading

एजेन्सी,साउन ।
ग्यारेथ बेलको गोलको मद्दतमा रियल मड्रिडले मैत्रिपूर्ण खेलमा युभेन्टसलाई हराएको छ । यो खेलमा युभेन्टसका क्रिष्टियानो रोनाल्डो आफ्नो पूर्वक्लबविरुद्ध मैदान उत्रिएका थिएनन् ।
खेलमा युभेन्टसले उपहार गोलमार्फत अग्रता लिएको थियो । १२ औं मिनेटमा मड्रिडका ड्यानी कार्भाजलले आफ्नै पोष्टमा गोल गरेका थिए ।
तर, बेलले ३९ औं मिनेटमा बराबरी गोल फर्काए । दोस्रो हाफको सुरुमा नै मड्रिडलाई अग्रता दिलाएका मार्को एसेन्सिओले ५६ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।
गत महिना मात्र रियल मड्रिडबाट युभेन्टस गएका रोनाल्डो भने खेलेका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.