Breaking News.... EverestOnlineKhabar
June 27, 2026

अत्याधिक गर्मीले चीनलाई बस्नै अयोग्य बनाइदिने खतरा….?

Loading

एजेन्सी,साउन ।
विश्वमै सबैभन्दा बाक्लो मानव वस्ती रहेको चीनको राजधानी बेइजिङसहित चीनको उत्तरी समथर भूभागमा पछिल्लो समय जलवायु परिवर्तनको अत्याधिक प्रभाव देखिएको वैज्ञानिकहरुको भनाइ छ । यसै कारण केही वर्ष यतादेखि त्यस क्षेत्रको बढ्दो तापक्रम र अत्यधिक गर्मीले शताब्दीको अन्त्यसम्ममा सो स्थानलाई बस्नका लागि अयोग्य बनाइदिन सक्ने एक अध्ययनको जिकिर छ ।
सीएनएनका अनुसार वैज्ञानिकहरुले हालै गरेको नयाँ अध्ययनपछि यस्तो तथ्य पत्ता लागेको हो । यसैले कार्बनको प्रयोगमा भारी कटौति नभएसम्म सो क्षेत्रको मौसम पूर्ण रुपमा बदली हुने र तातो हावाको लहर बढ्दै जाँदा केही वर्षपछि मानिसहरु घरबाहिर काम गर्नै नसक्ने अवस्था आउने वैज्ञानिकहरुको भनाइ छ ।
सो भूभागमा राजधानी बेइजिङ पनि पर्ने हुँदा यसबारे गम्भीर चिन्ता व्यक्त गरिएको छ । वास्तवमा त्यहाँका ४० करोड भन्दा बढी जनता कृषिमा सक्रिय रहेकाले पनि मौसमको अवस्थाले उनीहरुको पेशा लगायत जीवनशैलीमा ठूलो प्रभाव पार्ने निश्चित छ । अध्ययनका अनुसार बढ्दो तापक्रम र उच्च ह्युमिडिटीको अवस्थामा बाहिर बस्दा स्वस्थ मानिसको समेत ६ घण्टामै ज्यान जान सक्छ । त्यसकारण यसले कृषि क्षेत्रमा आबद्ध मानिसहरुलाई बिना कुनै उपकरण बाहिरी कार्यमा संलग्न हुँदा ठूलो खतरा निम्त्याउने बताइएको सीएनएनको समाचारमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.