Breaking News.... EverestOnlineKhabar
June 27, 2026

भक्तपुर फेरि डुबानमाः आत्तिनु पर्ने अवस्था नरहेको प्रहरीको भनाई

Loading

भक्तपुर,साउन ।
शनिबाररातिदेखि परेको अबिरल बर्षाका कारण भक्तपुरका केहि स्थान फेरि डुबानमा परेका छन् । मध्यपुरथिमि नगरपालिका ९ को राधेराधे क्षेत्र डुबानमा परेको स्थानीयले बताएका छन् । तर, प्रहरीले भने पहिले जस्तो डुबानमा नपरेको र आत्तिनु पर्ने अवस्था नरहेको जनाएको छ ।
वर्षाले हनुमन्ते र खस्याङ खुसुङ खोलामा पानीको बहाव बढेपछि राधेराधे क्षेत्र डुबानमा परेको हो । खोलाले कटान पनि गरेको छ । कटानका कारण त्यहाँ रहेको पुल जोखिममा परेको छ । यस्तै बाढीका कारण केही घर टहरामा आंशिक क्षति पुगेको छ । अविरल वर्षाले खोलामा पानीको बहाव बढ्न थालेपछि सुरक्षाकर्मी परिचालन भइसकेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
सडकमा पानी जमेकाले यात्रु तथा सावारी चालकलाई समस्या परेको छ । यसअघि गत असार २८ गते पनि भक्तपुर डुबानमा परेको थियो ।
यसैबीच, देशभरको मौसम आइतबार दिनभर सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधि सक्रिय रहेकाले काठमाडौँ उपत्यकासहित देशका सबै क्षेत्रको मौसम बदली हुने छ । धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना पनि रहेको छ । यस्तै आइतबार बेलुका तथा रातिको मौसम पनि देशभर बदली हुनेछ । राति धेरै ठाउँमा हल्कादेखि मध्यम तथा मध्य र पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
आज विशेषगरी कन्चनपुर, कैलाली, बर्दिया, बांके र दाङ जिल्लाका चुरे क्षेत्रबाट प्रबाह हुने स–साना खोलानालाहरुमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.