Breaking News.... EverestOnlineKhabar
June 24, 2026

पूर्व सांसद जोशीको निधनमा शोक प्रस्ताव पारित, दुवै सदनको बैठक बिहीबारसम्मका लागि स्थगित

Loading

काठमाडौँ । प्रतिनिधि तथा राष्ट्रिय सभाले प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बुधबार बसेको छुट्टाछुट्टै बैठकले जोशीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै एक मिनेट मौन धारण गरेको थियो । दुवै सदनको बैठक बिहीबारसम्मको लागि स्थगित गरिएको छ ।

२०४८ को प्रतिनिधिसभाको चुनावमा जोशी नेपाली कांग्रेसका तर्फबाट बैतडी क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । वैतडी जिल्लाको कांग्रेस संस्थापक सभापति समेत रहेका जोशीको काठमाडाँैस्थित आफ्नै निवास बूढानीलकण्ठमा ७३ वर्षको उमेरमा मंगलबार निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed