![]()
एजेन्सी । नयाँ सिजनको तयारीमा रहेको स्पेनिस च्याम्पियन बार्सिलोना अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गत इटालियन क्लब रोमासँग पराजित भएको हो ।
सुरुमै अग्रता लिएर पनि बार्सिलोना रोमासँग ४–२ ले पराजित भएको हो । छैटौँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाएका हुन् । तर ३५ औँ मिनेटमा स्टिफन एल शारावीले रोमाका लागि बराबरी गोल फर्काए ।
४९ औँ मिनेटमा माल्कमले गोल गर्दै बार्सिलोनाले फेरि दोस्रो हाफको सुरुमा अग्रता कायम ग¥यो । माल्कम केही दिनअघि मात्रै बार्सिलोना आएका हुन् । माल्कम रोमा जाने तय भएपछि बार्सिलोनाले उछिन्दै उनलाई भित्र्याएको हो । तर रोमाले बार्सिलोनालाई हरायो ।
खेलको अन्तिम समयतिर रोमाले फटाफट तीन गोल गर्यो । उसका लागि ७८ औँ मिनेटमा एलेसान्ड्रो फ्लोरेन्जी, ८३ आँै मिनेटमा ब्रायन क्रिस्टान्टे र ८६ औँ मिनेटमा डिएगो पेरोट्टीले पेनाल्टी मार्फत गोल गरेपछि रोमा ४–२ ले विजयी भयो ।
८ मिनेट सम्हालिन नसक्दा बार्सिलोना पराजित हुन बाध्य भयो । बार्सिलोना लियोनल मेस्सी, इभान रेकिटिक तथा लुइस स्वारेजसहितका स्टार खेलाडी बिना नै मैदान उत्रिएको थियो ।


