Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

काठमाडौं । हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म मनाइने स्तनपान सप्ताह  सुरु भएको छ । यस वर्षको नारा “स्तनपान जीवनको आधार” तय गरिएको छ ।  सन् १९९० देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाउन शुरु गरिएको हो ।

अझै पनि महिलामा चेतनाको कमीले गर्दा कम दूध आउँदैमा नचुसाई अरु सुत्केरीलाई चुसाउन लगाउने, दिनमा ३ वा ४ पटकमात्र स्तनपान गराउने, दूध कम आए बोतलको दूूध वा अन्य लेक्टोजिनजस्ता कृत्रिम तयारी दुग्ध पदार्थ ख्वाउने चलन बढ्दै गएको  चिकित्सकहरु बताउँछन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी जन्मेको पहिलो दिनदेखि ६ महिनासम्मका शिशुलाई स्तनपान गराउनु खोप लगाएसरह हुने बताउँछन् । बाल महाशाखाका निर्देशक डा. मुकुन्द गौतमले आमाको दूधमा पाइने कोलस्ट्रम (बिघौती) दूधमा विभिन्न रोगसँग लड्न सक्ने क्षमता (इम्युनिटी) हुने हुँदा शिशुलाई झाडापखाला र निमोनिया जस्ता घातक संक्रमणबाट बच्न सकिने बताए ।

नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ को प्रतिवेदनअनुसार ५ वर्षमुनिका बालबालिकामध्ये ३६ प्रतिशतमा पुड्कोपना, १० प्रतिशतमा उचाइ अनुसार दुब्लोपना, २७ प्रतिशतमा उमेर अनुसार कम तौल र २४ प्रतिशत जन्मदा कमतौल भएका हुने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed