![]()
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा परुषोत्तम दाहाल नियुक्त भएका छन्। प्रतिष्ठानका प्रमुख एवं नेपाली कांग्रेसका उपसभापित विमलेन्द्र निधिले बुधबार दाहाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्।
पत्रकारितासमेत गर्दै आएका दाहाल ३४ वर्षदेखि प्राध्यापन पेशामा संलग्न छन्। दाहालले २०४१ देखि २०५६ सम्म नेपाली कांग्रेसको केन्द्रीय प्रचार विभागको सदस्य भएर काम गरेका थिए।


