![]()
काठमाडौँ । गण्डकी प्रदेशको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । पोखरा विश्वविद्यालयको सिनेटर बैठक र संसदमा पनि सम्बोधन गर्ने गरी प्रधानमन्त्री पोखरा जाँदैछन् ।
तर, प्रधानमन्त्रीले बिहीबार सम्बोधन गर्ने बैठक भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गर्ने बताएको छ । केन्द्रीय समितिकै निर्णय अनुसार कुनै पनि बैठक सञ्चालन गर्न नदिने काँग्रेस गण्डकीले जनाएको छ ।
नेकपा प्रदेशसभा सांसद राजीव पहारीले देशको प्रधानमन्त्रीले प्रदेशको संसदमा सम्बोधन गर्नु एउटा अवसर भएकाले अवरोध नगर्न काँग्रेससँग आग्रह गरेका छन् । प्रदेशसभा सचिवालयले प्रधानमन्त्रीको सम्बोधनबारे निम्तो पठाइसकेको छ ।
प्रधानमन्त्री ओलीले यसअघि प्रदेश नम्बर ३ र ५ को प्रदेशसभालाई सम्बोधन गरिसकेका छन् ।


