टेनिस खेलाडीले नेइमारलाई जिस्क्याउँदै देखाए नाटक (भिडियोसहित)

850 total views, 3 views today

एजेन्सी । जेनस बीजोर्कम्याचलाई बलले लाग्यो । त्यसपछि उनी जानाजान मैदानमा लडे । अनि, नेइमारलाई जिस्क्याउँदै उनले नाटक देखाए । यस्तो चटक नेइमारले विश्वकपमा मेक्सिको विरुद्धको खेलमा देखाएका थिए । मिगुइल लायुनले उनको खुट्टामा छोएका मात्रै के थिए, रेफ्रीलाई प्रभावमा राख्नका लागि नेइमारले मैदानमै ढलेर आफू घाइते भएजस्तो नाटक गरे ।

उक्त खेलमा ब्राजिल २–० ले विजयी भयो । तर, नेइमारको निकै आलोचना भयो । बेल्जियमसँग पराजित हुँदै ब्राजिल विश्वकपबाट बाहिरिए पनि नेइमारको उक्त घटना सेलाएको छैन ।

यही घटना अहिले ह्यासट्याग नेइमार च्यालेन्जको नामबाट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले नेइमारलेजस्तै नाटक देखाएर कमेडी भिडियो क्लिपहरु अपलोड गरिरहेका छन् ।

विम्बल्डन ओपन टेनिसको म्यान्स डबल्सतर्फको तेस्रो चरणको खेलमा बिहीबार जोनस बीजोर्कम्यानले यस्तै गरेका हुन् । आफ्ना पार्टनर टोड उडब्रिजको बलले उनको ढाडमा लागेको थियो । उनी ठिक थिए, तर यही मौकालाई उनले नेइमारलाई जिस्क्याउन प्रयोग गरे ।

उपस्थित दर्शकहरु पनि उनको क्रियाकलाप हेरेर हाँसे । त्यसपछि बीजोर्कम्याचले पनि हाँसे । खासमा उनले दर्शकहरुलाई रमाइलो देखाउन चाहेका थिए । उनी स्विेनका प्रतिस्पर्धी हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र सम्रिद्धीको लागि संचार