Breaking News.... EverestOnlineKhabar
June 26, 2026

नेयमारका बारेमा रियल मेड्रिडको अर्को प्रष्टिकरण

Loading

एजेन्सी । नेइमारलाई रियल मड्रिडले क्लब भित्र्याउन चाहेको खबर लगातार आइरहेका छन् । झण्डै दुई हप्ताअघि स्पेनको एक टेलिभिजनले रियल मड्रिडले नेइमारलाई क्लब ल्याउनका लागि पहल थालेको र त्यसका लागि २७५ मिलियन पाउण्डको प्रस्ताव गरेको खबर प्रशारण गरेको थियो ।

त्यसपछि रियल मड्रिडले विज्ञप्ति नै निकालेर सबै कुरा असत्य रहेको भन्दै नेइमारसँग जोडिएका कुरा अस्वीकार गरेको थियो । र पनि नेइमार तथा रियल मड्रिडसँग जोडिएर खबर आउन छोडेका छैनन् ।

फेरि रियल मड्रिडले नेइमारलाई क्लब ल्याउन लागेको भन्ने कुरा अस्वीकार गर्नु परेको छ । क्लबले भनेको छ, ‘रियल मड्रिड स्पष्ट पार्न चाहन्छ कि नेइमारलाई प्रस्ताव गर्ने क्लबको कुनै मनसाय छैन ।’

रियल मड्रिडले पिएसजीका नेइमार र केलियन एमबाप्पेलाई अनुबन्ध गर्न सम्झौता नै गर्न लागेको कुरा आएपछि जुलाई २ मा विज्ञप्ति निकालेर अस्वीकार गरेको थियो ।

रियल मड्रिडको पछिल्लो स्पष्टिकरणमा भनिएको छ, ‘पिएसजी र रियल मड्रिडबिच राम्रो सम्बन्ध छ, यदी रियल मड्रिड पिएसजीका कुनै खेलाडीका लागि चासो राख्छ भने पहिलो क्लबमै प्रस्ताव गरिन्छ न कि खेलाडीसँग ।’

गएको वर्ष २०० मिलियन पाउण्डमा बार्सिलोनाबाट नेइमार पिएसजी गएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.